अन्तराष्ट्रिय
कर्मचारी कटौती गर्दै ट्रम्प : बन्द भयो जोन एफ केनेडी म्युजियम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्नेक्रम जारी राखेका छन्। मङ्गलबार उनले यसलाई निरन्तरता दिँदै कृषि मन्त्रालयअन्तर्गत बर्ड फ्लु नियन्त्रणमा संलग्न कर्मचारीलाई बर्खास्त गरेका छन्।
राष्ट्रिय निकुञ्ज र वन संरक्षणमा संलग्न हजारौँ कर्मचारी पनि कटौती गरिएका छन्। साथै, बोस्टनस्थित जोन एफ. केनेडी लाइब्रेरी तथा संग्रहालय बन्द गरिएको छ।
राष्ट्रिय विज्ञान प्रतिष्ठानका १० प्रतिशतभन्दा बढी कर्मचारीहरू पनि बर्खास्त भएका छन्।



