अन्तराष्ट्रिय

खानी भत्किँदा कजाकस्तानमा ७ जनाको मृत्यु

काजाकिस्तानको उल्टाउ क्षेत्रमा सोमबार राति एउटा खानी भत्किँदा सात जनाको मृत्यु भएको देशको काजिनफर्म समाचार एजेन्सीले जनाएको छ ।

दुर्घटनाको समयमा सात जना खानीमा फसेका थिए । मंगलबार बिहानसम्म सातै मजदुरको शव निकालिएको थियो ।

कजाखका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले सरकारलाई घटनाको कारणहरूको गहिरो अनुसन्धान गर्न आदेश दिए। त्यसका लागि विशेष आयोग गठन गरिएको छ ।

खानी कम्पनी कजाख्मिसको प्रारम्भिक निष्कर्षले प्राकृतिक ग्यास विस्फोटका कारण भत्किएको देखाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button