खबर फटाफटदेशमुख्य खबर

आज प्रजातन्त्र दिवस : शीर्ष नेतादेखि पूर्वराजाले दिए शुभकामना, कसले के भने ?

आज ७५औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइन्छ ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

यो अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, शीर्ष नेता र पूर्वराजाले सबै नेपालीहरुमा शुभकामना दिएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिने अधिकांशले सङ्घीय लोकतन्त्रलाई सफल बनाउन गरिबी, भेदभाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ्नु हाम्रा लागि निर्विकल्प भएको बताएका छन् ।

नेताहरुले नेपालको संविधानमा व्यवस्था भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानता, समावेशिता, धर्मनिरपेक्षता, कानुनी राज्य, सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता भएको बताएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button