No Image Headlineअर्थमुख्य खबरविशेष

पर्सामा सशस्त्र प्रहरीले समात्यो ३५ करोडभन्दा बढीको तस्करीको मालसामान, अवैध आयात बढेको हो ?

सशस्त्र प्रहरीले पछिल्लो नौ महिनामा तस्करीको आशंकामा ३५ करोड ५९ लाख रुपैयाँभन्दा बढी मूल्यको मालसामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार, गत जेठदेखि माघ मसान्तसम्म वीरगञ्ज र आसपासका क्षेत्रबाट उक्त मालसामान बरामद गरिएको हो। बरामद सामान आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ।

धामीका अनुसार, यस वर्ष बरामद गरिएको मालसामानको मूल्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी छ। गत वर्ष २०७९ को जेठदेखि माघसम्म १७ करोड ९ लाख ६९ हजार रुपैयाँबराबरको तस्करी गरिएको मालसामान बरामद गरिएको थियो।

बरामद गरिएका सामानमध्ये २३ करोड ४१ लाख २७ हजार रुपैयाँबराबरको मालसामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। भन्सार कार्यालयमा पठाइएका सामग्रीमा दैनिक उपभोग्य वस्तुहरू जस्तै कपडा, किराना सामान, भाँडाकुडा आदि बढी रहेको धामीले जानकारी दिए।

यस्तै, १२ करोड १७ लाख ९४ हजार रुपैयाँबराबरको मालसामान राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ। बीलबिजक भएको भए पनि राजस्व छलेर भित्र्याएको आशंकामा ती सामग्री नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button