अन्तराष्ट्रिय

गाजाबाट प्यालेस्टाइनी हटाउने ट्रम्पको योजनामा नेतान्याहुको समर्थन

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाबाट प्यालेस्टाइनीलाई हटाएर अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना उत्कृष्ट रहेको बताएका छन्।

आइतबार जेरुसेलममा इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी विदेशमन्त्री मार्क रुबियोको भेटमा उनले यस्तो बताएका हुन्। सोही भेटवार्तापछि नेतान्याहुले गाजाका बारे प्रस्ट बाटो तय हुने बताएका छन्।

सोही भेटमा गाजालाई अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको दृष्टिकोणलाई कार्यान्वयनका बारे पनि सल्लाह भएको छ। अहिले मध्यपूर्वमा रहेको रुबियो साउदी अरेबियामा हुने रुस र अमेरिकाको शान्ति वार्तामा सहभागी हुनेछन्।

आइतबारको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा आयोजना भएको थियो। पत्रकार सम्मेलनमा आसाद सरकारको पतन पछिको सिरिया, इरानले निर्माण गर्नसक्ने आणविक हतियार तथा हमासको शक्तिलाई कसरी कमजोर पार्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ।

नेतान्याहुले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) माथि अमेरिकाले प्रतिबन्ध लगाएकोमा धन्यवाद समेत दिएका छन्।आइसिसीले गत वर्ष नेतान्याहुसहित तत्कालीन इजरायली रक्षामन्त्री युसुफ गालान्ट र सो समयका हमासका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

अमेरिकाले पठाएको बम इजरायल पुगेको केही समयपछि रुबियो पनि त्यहाँ पुगेका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button