No Image Headlineदेश
संविधान संशोधनका लागि कार्यदल बनाउँदै सरकार

सरकारले संविधान संशोधनका लागि कार्यकदल बनाउने भएको छ । यसबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले शनिबार सत्ता पक्षीय बैठक बोलाउने निर्णय गरेको छ। शनिवार बिहान ११ बजे सत्ता पक्षीय सबै दलहरूको बैठक बस्ने तय गरेको हो।
बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ। गृहमन्त्री तथा संयन्त्रका सदस्य रमेश लेखकले अध्यादेशका विषय सकारात्मक रहेको भन्दै यसमा प्रतिपक्ष पनि सहमत हुने विश्वास व्यक्त गरेका छन्।
बैठकमा विशेष रूपमा अध्यादेशका विषयमा छलफल गर्दै निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ। सत्ता पक्षीय नेताहरूका अनुसार, बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विषय टीआरसीबारे पनि छलफल गरिने तयारी गरिएको छ।



