खबर फटाफटदेशयस्तो पनि

बढ्दो अनलाइन ठगी, यस्ता छन् नेपालमा ठगीका प्रवृत्ति

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपालमा बढ्दो अनलाइन ठगीका घटनाबारे सचेत गराउँदै आएको छ। सामाजिक सञ्जाल र वेबसाइटमार्फत जानकारी दिँदा पनि ठगीका घटना रोकिएका छैनन्, बरु बढ्दै गएका छन्। ब्यूरोले नागरिकलाई सतर्क रहन आग्रह गर्दै नेपालमा हुने प्रमुख अनलाइन ठगीका स्वरूपबारे चेतावनी दिएको छ।

नेपालमा सामान्य देखिने अनलाइन ठगीका तरिका:

  • चिट्ठा वा उपहारको प्रलोभन
    – इमेल, मेसिन्जर वा अन्य अनलाइन माध्यमबाट शंकास्पद लिङ्कसहित चिट्ठा जितेको वा विदेशी उपहार प्राप्त भएको जानकारी दिइन्छ।
    – कर तथा भन्सार तिर्नुपर्ने भन्दै रकम मागिन्छ।
  • सस्तोमा कोठा वा फ्ल्याट भाडामा दिने प्रलोभन
    – सामाजिक सञ्जाल वा अन्य प्लेटफर्ममा सस्तो मूल्यमा कोठा/फ्ल्याट दिने भन्दै पोस्ट गरिन्छ।
    – अग्रिम भुक्तानी माग्ने तर रकम पाएपछि सम्पर्कविहीन हुने।
  • अनलाइन किनमेल ठगी
    – अग्रिम भुक्तानी गर्न लगाई सामान नपठाउने।
    – ग्राहक पुष्टि गर्न भन्दै व्यक्तिगत विवरण (नागरिकता, परिचयपत्र आदि) माग गर्ने, जुन पछि अन्य ठगी कार्यमा प्रयोग हुन सक्छ।
  • बेवारिसे सम्पत्तिको उत्तराधिकार दिने प्रलोभन
    – तपाईँलाई ठूलो सम्पत्तिको उत्तराधिकारी बनाउन खोजिएको भन्दै सम्पर्क गर्ने।
    – कानुनी प्रक्रिया वा कर तिर्नुपर्ने भन्दै रकम लिएर सम्पर्कविहीन हुने।
  • आकर्षक रोजगारीको लोभ
    – घरमै बसेर धेरै कमाइ हुने, झन्झटरहित रोजगारी दिने भन्दै रकम लगानी गर्न लगाउने।
    – व्यक्तिगत कागजात माग्ने र त्यसको दुरुपयोग गर्ने।
  • ओटीपी मागेर ह्याकिङ गर्ने
    – बैंक खाता, मोबाइल वालेट वा सामाजिक सञ्जालमा अनाधिकृत पहुँच पाउन ओटीपी माग्ने।
    – ओटीपी दिएपछि खाता ह्याक गर्ने।
  • ह्वाट्सएप भिडियो कल ठगी
    – अनजान व्यक्तिबाट सन्देश वा भिडियो कल आउँछ, जसमा निर्वस्त्र महिलाको तस्बिर वा भिडियो देखाइन्छ।
    – अनुहार देखिने गरी स्क्रीनसट लिई ब्ल्याकमेल गर्ने।

अनुसन्धानका चुनौतीहरू

– ठगीका अधिकांश घटनामा अभियुक्तहरू सामाजिक सञ्जाल वा अन्य गोप्य माध्यमबाट सञ्चालित हुने भएकाले पहिचान गर्न कठिनाइ हुने।
– सिमकार्डको आधारमा प्रयोगकर्ता पत्ता लगाउन सकिए पनि, अन्य प्रविधि प्रयोग गर्दा अनुसन्धान जटिल बन्ने।
– ठगीमा संलग्न व्यक्तिहरू रकम ठगी गरेपछि वेबसाइट बन्द गर्ने वा सामाजिक सञ्जाल निष्क्रिय पार्ने भएकाले अनुसन्धान कठिन हुने।
– टेलिग्राम जस्ता एपमार्फत ठगी गर्न सजिलो हुने, किनभने त्यहाँ एड्मिनबारे जानकारी प्राप्त गर्न कठिन हुने।
– ठगीबाट आएको रकम क्रिप्टोकरेन्सी किन्न वा अनलाइन जुवा खेल्न प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको।

रोकथामका उपाय

नेपाल प्रहरीले अनलाइन ठगीबाट जोगिन सचेत रहन सुझाव दिएको छ:

  • सजिलै धेरै पैसा कमाइने दावी गर्ने कुरामा विश्वास नगर्नुहोस्।
  • अनलाइन चिट्ठा वा उपहारको लोभमा नपर्नुहोस्।
  • अनलाइन भुक्तानी वा व्यक्तिगत विवरण माग्ने अनजान व्यक्तिसँग सतर्क रहनुहोस्।
  • कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button