खेल संसार

आहा रारा गोल्डकप : आज थन्डरबोल्ट र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा

२४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलमा आज चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेल हुँदैछ ।

कास्कीको पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे सुरु हुने अन्तिम क्वार्टरफाइनल खेलमा आज थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किम र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

थन्डरबोल्ट सङ्कटालाई हराएर तथा ब्ल्याक बुल्स एफसी बाई पाएर सिधै खेल्न सेमिफाइनल खेल्न लागेका हुन् ।

यसअघि त्रिभुवन आर्मीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड, मछिन्द्रलाई हराउँदै थ्रीस्टार तथा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गदै नेपाल पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

३ विदेशी तथा ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button