No Image Headlineअन्तराष्ट्रिय

ट्रम्प प्रशासन र क्यालिफोर्निया सरकारबीच कानुनी लडाइँ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र क्यालिफोर्निया राज्य सरकारबीच आप्रवासन नीतिका विषयमा कानुनी संघर्ष चर्किएको छ। ट्रम्प प्रशासनले आप्रवासीलाई डिपोर्ट गर्ने नीति अघि बढाएपछि क्यालिफोर्निया गभर्नर गेभिन न्युसमले संघीय सरकारविरुद्ध कानुनी लडाइँ लड्न ५० मिलियन अमेरिकी डलरको बजेट स्वीकृत गरेका छन्।

न्युसमले संघीय नीतिको प्रतिरोध गर्दै कानुनी चुनौतीका लागि २५ मिलियन अमेरिकी डलर छुट्याएका छन्। साथै, कानुनी समस्यामा परेका आप्रवासीलाई सहयोग गर्न थप २५ मिलियन अमेरिकी डलरको कोष स्थापना गरिएको छ।

ट्रम्पको पहिलो कार्यकालमै क्यालिफोर्नियाले जलवायु नीति, पानी व्यवस्थापन र आप्रवासी अधिकार जस्ता विषयमा संघीय सरकारविरुद्ध १०० भन्दा बढी मुद्दा दायर गरेको थियो। दोस्रो कार्यकालको सुरुवातमै त्यस्तै कानुनी द्वन्द्व दोहोरिएको छ।

यसअघि पनि गभर्नर न्युसमले विपत् पीडितलाई सहयोग गर्न २.५ अर्ब अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गरिसकेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button