अन्तराष्ट्रिय

गाजा नियन्त्रणबारे ट्रम्पको प्रस्ताव राष्ट्रसंघद्वारा अस्वीकार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा नियन्त्रणमा लिने प्रस्ताव अघि सारेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले त्यसलाई अस्वीकार गरेका छन्। उनले आदिवासी समुदायको विस्थापन वा सफायासम्बन्धी कुनै पनि योजनामा राष्ट्रसंघ संलग्न नहुने स्पष्ट पारेका छन्।

ट्रम्पको प्रस्तावपछि अन्तर्राष्ट्रिय समुदायमा विभाजन देखिएको छ। अमेरिकाका केही निकटस्थ मुलुकले समेत उक्त प्रस्तावप्रति असहमति जनाएका छन्। बेलायतले प्यालेस्टाइनी जनताले आफ्नै भूमिमा बस्न पाउनुपर्ने बताउँदै आएको छ भने इजिप्टले गाजाका नागरिकहरूलाई निष्कासन नगरी पुनर्निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरेको छ।

साउदी अरेबियाले प्यालेस्टिनी विस्थापन योजनाको विरोध गरेको छ। जर्मनीले ट्रम्पको प्रस्तावले घृणा उत्पन्न गराउने चेतावनी दिएको छ भने फ्रान्सले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ। इजरायलको अति दक्षिणपन्थी समूहले भने ट्रम्पको योजनाको समर्थन जनाएको छ।

यसैबीच, अमेरिकी रक्षामन्त्री पिटर हेगसेथले राष्ट्रपति ट्रम्पले गाजा खाली गराउनका लागि सबै विकल्पको अध्ययन गरिसकेको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्क रुवियोले भने गाजा खाली गर्ने योजनालाई बन्दी मुक्तिसँग नजोड्नुपर्नेमा जोड दिएका छन्।

अमेरिकी अर्थमन्त्री बेजालेल स्मोटरेचले ट्रम्पको प्रस्तावलाई हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको उचित प्रत्युत्तर भनेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button