No Image Headlineअर्थ

उपभोक्ता हित सरोकारका कानून प्रभावकारी बनाउनुपर्नेमा जोड

उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम आज वीरगञ्जमा सम्पन्न भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको उद्देश्य स्थानीय उद्योग तथा वाणिज्य प्रतिनिधिहरूसँग बजार व्यवस्थापन, व्यापार नीतिहरू तथा उपभोक्ता अधिकारका विषयमा छलफल गर्नु भएको विभागका महानिर्देशक राजन पौडेलले बताए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षक मञ्चका उपाध्यक्ष अजय अधिकारी, केन्द्रीय सदस्य धीरज शर्मा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, पत्रकार निरज पिठाकोटे, उध्यमी व्यापारीलगायतले विभिन्न मुद्दामा विचार विमर्श गरेका थिए।

कार्यक्रमले सरकारी निकाय र व्यापार व्यवसाय क्षेत्रका सरोकारवालाबीच खुला संवादका लागि मञ्च प्रदान गर्यो। छलफलमा व्यापारिक नियमहरू सुधार गर्ने, उचित बजार अभ्यास सुनिश्चित गर्ने तथा स्थानीय व्यवसायीहरूले सामना गरिरहेका समस्याहरू समाधान गर्ने विषय प्राथमिकतामा परेका थिए।

सरकारले निजी क्षेत्रसँग सहकार्य मजबुत बनाउन, व्यापार अनुकूल नीति निर्माण गर्न तथा उपभोक्ता संरक्षण सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

स्थानीय व्यवसायीहरूले यस्तो पहलको स्वागत गर्दै नीति निर्माता तथा व्यवसायीबीच नियमित संवाद आवश्यक रहेको बताएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी दिनहरूमा अन्य स्थानहरूमा पनि यस्ता अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button