No Image Headlineअर्थ

मिनोल्टा इन्भेस्टमेन्टले वीरगञ्जमा ल्यायो सिजी मोटर्सका विश्वस्तरीय विद्युतीय सवारीसाधन

नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्दै सिजी मोटर्सले मधेस प्रदेशका लागि आधिकारिक विक्रेता मिनोल्टा इन्भेस्टमेन्ट प्रालिमार्फत वीरगञ्जमा विभिन्न विश्वस्तरीय ईभी गाडीहरू सार्वजनिक गरेको छ।

वीरगञ्जस्थित भिषुवा होटेलमा बिहीवार आयोजित भव्य समारोहका बीच नेटा एक्स, एवाटार ११, एक्सपेङ जी ६, रिडारा आरडी ६, आयोन भी र आयोन वाई मोडेलका विद्युतीय गाडीहरू सार्वजनिक गरिएको हो। यी गाडीहरू अत्याधुनिक प्रविधियुक्त, वातावरणमैत्री र ऊर्जा–दक्ष रहेको कम्पनीले जनाएको छ।

सिजी मोटर्सले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरू तथा २४० भन्दा बढी चार्जिङ स्टेसनहरू सञ्चालन गर्दै उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले विद्युतीय सवारीसाधन प्रवर्द्धनमार्फत स्वच्छ ऊर्जा, दिगो यातायात र हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

उक्त कार्यक्रममा सिजी मोटर्सका पदाधिकारीहरू, उद्योगी–व्यवसायी, विद्युतीय सवारीसाधनका विशेषज्ञ तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button