No Image Headlineखबर फटाफटदेश

चितवनमा शनिबार एरिया डी थ्री स्पिच र टेबल टपिक प्रतियोगिता हुँदै

बहुप्रतीक्षित एरिया डी थ्री स्पिच र टेबल टपिक प्रतियोगिता २०२४-२५ यही शनिबार चितवनमा हुने भएको छ ।

टोस्टमास्टर्स क्यालेन्डरको मुख्य आकर्षण मानिने यस वार्षिक प्रतियोगिताले एरिया डी थ्रीका उत्कृष्ट वक्ताहरूलाई आफ्नो सार्वजनिक बोल्ने क्षमता र तत्क्षण सोच्ने तथा प्रस्तुत गर्ने सीप प्रदर्शन गर्न अनुपम अवसर प्रदान गर्ने आयोजनको विश्वास छ।

प्रतियोगितामा वीरगञ्ज टोस्टमास्टर्स क्लब, चितवन ल्यान्डमार्क टोस्टमास्टर्स क्लब, फाउण्डर्स टोस्टमास्टर्स क्लब काठमाडौं, र हेटौंडा टोस्टमास्टर्स क्लब का प्रतियोगीहरू प्रतिस्पर्धा गर्नेछन्।

क्लब स्तरबाट सुरु भएको यो यात्रा एरिया, डिभिजन, जिल्ला, क्षेत्र हुँदै अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नेछ। यो प्रतियोगिताले टोस्टमास्टर्सहरूलाई आफ्नो संचार र नेतृत्व क्षमतामा निखार ल्याउन तथा आफ्ना विचारहरूमार्फत अन्यलाई प्रेरित गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।

सो प्रतियोगितामा वीरगञ्जका कल्पना खेतान, मनीष अस्वानी, वेदिका गोयनका, विनित लोहिया, हेटौंडाबाट केयूर बस्कोटा, दिपेश खनाल, चितवनका प्रसमा पौडेल, प्रज्ज्वल अधिकारी, संगम सापकोटा, काठमाडौंबाट कृष्मा श्रेष्ठ र नबिल श्रेष्ठ सहभागी हुने छन् ।

यो प्रतियोगिता मात्र नभएर शब्दहरूको शक्ति र तत्क्षण प्रस्तुत गर्ने क्षमताको उत्सव हो। यस प्रतियोगितामा सहभागी हुनेहरूले प्रेरणा, मनोरञ्जन, र उत्कृष्ट वक्तृत्व कलाको अनुभव लिन सक्ने जानकारीका लागि एरिया डी थ्री निर्देशक अनुप अग्रवालले बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button