No Image Headlineअर्थ

नेपाल कमर्स एशोसिएसनको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन वीरगञ्जमा, २१ वटा कार्यपत्र प्रस्तुत

नेपाल कमर्स एशोसिएसनको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन वीरगञ्जमा शुरू भएको छ।

इण्डियन कमर्स एशोसिएसनका उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय, जौनपुर उत्तर प्रदेशका विभागीय प्रमुख मानस पाण्डेले गरेका छन्।

नेपाल कमर्स एशोसिएसनले उद्योग तथा व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान र सम्भावनालाई संस्थागत गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरेको हो।

एसोसिएसनका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीका अनुसार वाणिज्य तथा व्यवस्थापनका माध्यमबाट नेपालको आर्थिक भविष्य पहिल्याउन सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा राजर्षी जनक विश्वविद्यालयका डिन डा। विनोद साह, महेन्द्र बहुमुखी क्याम्पस धरानका अनुसन्धान समिति प्रमुख प्रा। अशोक झा, नेपाल कमर्स क्याम्पसका सहअध्यक्ष डा. सुरेन्द्र महतो, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतका वक्ताहरूले मन्तव्य दिएका थिए।

नेपाल कमर्स एशोसिएसनका अध्यक्ष डा। चौधरीको अध्यक्षतामा सम्पन्न सम्मेलनको दोस्रो सत्रमा विभिन्न २१ वटा विषयका कार्यपत्रहरू प्रस्तुत गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button