No Image Headlineखबर फटाफटदेश

प्रेस सेन्टरको २१ औं स्थापना दिवस, पर्सामा २१ जनाले गरे रक्तदान

प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा पर्सा शाखाले वीरगञ्जमा प्रभाफेरी र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

वीरगञ्जको घण्टाघरबाट निस्किएको प्रभातफेरी नगर परिक्रमा गरी घण्टाघरमै आएर समापन भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सञ्चारकर्मीहरुले समाचारर लेखनमा मात्र सीमित नभएर समाजमा आइपर्ने समस्याहरुको समाधानमा अन्य तरिकाले सक्रिय हुनु सराहनीय भएको भन्दै प्रेस सेन्तटरले आयोजना गरेको रक्तदान कार्यक्रमको प्रशंशा गरे । पत्रकारले रगतको अभाव भयो भनेर समाचारमात्र लेख्दैनन् । रगतको अभाव समाधान गर्न आफैं रक्तदान कार्यक्रम आयोजना गर्छन् । यो अनुकरणीय काम हो, अध्यक्ष खनालले भने ।

प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवले प्रेस सेन्टरको २१ औं स्थापना दिवसलमा २१ जनाले रक्तदान गरेको जानकारी दिए । यादवकै अध्यक्षतामा भएको प्रभातफेरि समापन कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे, महासंघ मधेश प्रदेशका सचिव दीपक गौतम, महासंघ पर्साका सचिव विजयकुमार महतो, सहसचिव एसके चौरसियालगायतका पत्रकारहरुको सहभागिता थियो ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button