No Image Headlineअन्तराष्ट्रिय

घर फर्किएका प्यालेस्टाइनीमाथि इजरायलको अवरोध किन ?

हमासले युद्ध विरामका मापदण्ड उल्लङ्घन गरेको भन्दै इजरायलले घर फर्किरहेका प्यालेस्टाइनीमा अवरोध सिर्जना गरेको छ। हमासले चार बन्दी तथा इजरायलले जेलबाट दुई सय जनालाई छाडिसकेपछि यो संकट पैदा भएको हो।

सर्वसाधारण नागरिक अर्बेल यहुदलाई रिहा नगरेसम्म इजरायलले प्यालेस्टाइनीलाई उत्तरी क्षेत्रमा जान नदिने जनाएको छ।

हमासले उनी जिउँदा रहेको बताउँदै अर्को साता छाड्ने कुरा उल्लेख गरेको छ।

शनिबार अबेर मध्य गाजाका अल रसिद सडकमा बन्दुक पड्काइएको थियो। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार एक व्यक्ति मारिएका छन् भने केही घाइते भएका छन्।

इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले धेरै व्यक्तिको भीडमा आफ्नै सेनालाई आक्रमण गर्ने शङ्कास्पद व्यक्ति भएकाले बन्दुक पड्काइएको जनाइएको छ।

आइडिएफले सो आक्रमणको लक्ष्य कसैलाई क्षति गर्ने नभई छिन्नभिन्न पार्ने मात्र भएको बताएको छ। भागेर दक्षिणी गाजमा पुगेकालाई फेरि उत्तरमा उनीहरूकै निवासमा लैजानका लागि मध्यस्थता गरीरहेको इजिप्टले सबै भन्दा चासो दिइरहेको छ। तटीय क्षेत्रमा भने इजरायली ट्याङ्कले अवरोध सिर्जना गरिरहेका छन्।

शनिबार चार जना रिहा भए पनि रिहा हुने अपेक्षा गरिएकी यहुद भने इजिप्टलाई बुझाइएको अनुमान गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button