No Image Headlineअर्थ

पर्सामा भूमिसम्बन्धी समस्या समाधानका कामहरू समेटेर स्मारिका प्रकाशन हुने

पर्सामा भूमिसम्बन्धी समस्या समाधानका लागि गठित आयोगले आफ्ना काम र उपलब्धिलाई समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ। भूमि समस्या समाधान आयोग, पर्साका अध्यक्षमा हालै नियुक्त भएका तबरेज अहमदले पदभार ग्रहण गर्ने दिन नै यस्तो निर्णय गरेका हुन्।

सरकारले ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरी अध्यक्ष नियुक्त गरेको थियो। अध्यक्ष अहमदले पदभार ग्रहण गरेपछि पहिलो बैठकबाट आयोगका कार्यहरूलाई अभिलेखीकरण गरी स्मारिका प्रकाशन गर्ने निर्णय गरेका हुन्।

यो अहमदको दोस्रो कार्यकाल हो। उनले यसअघि २०७८ चैत १७ गतेदेखि २०८० चैत ८ गतेसम्म पनि पर्सा आयोगको नेतृत्व गरेका थिए। यसपटक उनले आगामी ३ वर्षसम्म अध्यक्षका रूपमा भूमिहीन, विपन्न, दलित, र अल्पसंख्यक समुदायका लागि अधुरा रहेका कामहरूलाई पूर्णता दिने प्रतिबद्धता जनाएका छन्।

उनले यस कार्यकाललाई भूमि समस्या स्थायी समाधानका रूपमा परिभाषित गर्दै यो अन्तिम आयोग हुने र पर्साका सम्पूर्ण भूमिहीनहरूको समस्या समाधान गर्ने उद्देश्यसहित काम गर्ने बताए।

पदभार ग्रहण समारोहमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्ष अहमदलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, जसपाका नेता प्रेमबाबु पटेल, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, जिल्ला समन्वय समिति पर्साका प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानसहित अन्य नेताहरू र अधिकारीहरूको उपस्थिति थियो।

स्मारिकामा साविकका र हालसम्मका आयोगले गरेका कामहरूलाई समेटिने बताइएको छ। अध्यक्ष अहमदले यस कार्यद्वारा आयोगको सम्पूर्ण योगदानलाई अभिलेखीकरण गरिने र आगामी दिनमा भूमि समस्या समाधानका लागि उपयोगी दस्तावेज उपलब्ध गराइने बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button