No Image Headlineअर्थ

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य ओरालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button