देश

छ महिनामा वीरगञ्ज महानगरपालिकाको आन्तरिक राजस्व घट्यो

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वीरगञ्ज महानगरपालिकाको आन्तरिक राजस्व अघिल्लो वर्षको तुलनामा घटेको छ।

महानगरपालिकाको राजस्व महाशाखाका अनुसार चालू आवको साउनदेखि पुससम्म २६ करोड १ लाख ७० हजार ८८२ रुपैयाँ राजस्व संकलन भएको छ। यो अघिल्लो आव २०८०/८१ को सोही अवधिमा संकलित २६ करोड ९० लाख ९१ हजार ४४४ रुपैयाँभन्दा कम हो।

सम्पत्तिकरबाट चालू आवको पुस मसान्तसम्म १० करोड ४६ लाख ३४ हजार ८०१ रुपैयाँ संकलन भएको छ। अघिल्लो आवको यस अवधिमा यो रकम १० करोड ४९ लाख ८३ हजार ३४० रुपैयाँ थियो।

अन्य शीर्षकअनुसार संकलित राजस्व यसप्रकार छ:

  • भूमि र मालपोत कर: ५५ लाख १७ हजार १५
  • घरबहाल कर: ३ करोड ४६ लाख ८० हजार ७८४
  • बहाल बिटौरी कर: १३ लाख ४९ हजार ४३५
  • सवारीसाधन कर: ६ लाख ९२ हजार ९०

पूर्वाधार करबाट ५ हजार ९००, विज्ञापन करबाट २५ लाख एक हजार ८५०, मनोरञ्जन करबाट ६ लाख ८५ हजार १९२, व्यवसाय रजिस्टे«शन दस्तुरबाट १ करोड ४० लाख १४ हजार र आखेटोपहार करबाट १ करोड ३ लाख ३४ हजार संकलन भएको छ।

त्यसैगरी, सरकारी सम्पत्ति बहालबाट २ करोड १० लाख चार हजार ६२८, बाँडफाँट नहुने रोयल्टीबाट ६४ लाख ४२ हजार ५००, निजी धाराबापतको शुल्कबाट १० हजार ५० र अन्य सेवा शुल्कबाट १ करोड ७४ लाख ७६ हजार ४८४ संकलन भएको छ।

नक्शापास दस्तुरबाट १ करोड ७३ लाख ६२ हजार ७५४, सिफारिश दस्तुरबाट ९३ लाख ६७ हजार ५०२, व्यक्तिगत घटना दर्ता दस्तुरबाट १२ लाख ७७ हजार ८९८ र नाता प्रमाणित दस्तुरबाट ८ लाख ७१ हजार ६२० संकलन भएको छ।

अन्य दस्तुर, प्रशासनिक दण्ड जरिवाना र जफत, र बेरुजुबाट क्रमशः ८७ हजार ९३०, २१ लाख ४९ हजार ५९७ र २९ लाख ६७ हजार ५५० संकलन भएको राजस्व महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button