खबर फटाफटदेश

देशभरि पश्चिमी वायुको प्रभाव, केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा छ। तराईका विभिन्न भागमा हुस्सु लागेको जनाइएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। तर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने जनाएको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई सेवामा असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

महाशाखाले सबैलाई आवश्यक सावधानी अपनाउन र मौसम सम्बन्धी जानकारीको अद्यावधिक अवस्थाबारे सचेत रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button