अन्तराष्ट्रियखबर फटाफट

इजरायली क्याबिनेटले गाजामा युद्धविरामको प्रस्ताव पारित गर्‍यो

इजरायली क्याबिनेटले गाजामा युद्धविराम गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। शुक्रबार साँझ बसेको पूर्ण क्याबिनेटको बैठकमा ३३ सदस्यको सहभागितामा यो प्रस्ताव पारित भएको हो। प्रस्ताव शनिबार बिहान स्वीकृत गरिएको छ।

यसअघि, शुक्रबार नै यो प्रस्ताव सेक्युरिटी क्याबिनेटमा पारित भई पूर्ण क्याबिनेटमा पेस गरिएको थियो। बुधबार तयार गरिएको युद्धविरामको ड्राफ्ट आइतबारदेखि लागू हुने भएको छ।

युद्धविरामको सुरुवातमा इजिप्टको सीमाबाट खाद्यान्न र अन्य सहयोग सामग्रीका ट्रक प्यालेस्टाइन भित्रिने अनुमान गरिएको छ।

युद्धविरामको घोषणा भइसकेपछि पनि इजरायली आक्रमणका कारण सयभन्दा बढी मानिसको मृत्यु भएको छ। युद्ध सुरु भएयता एकै हप्ता सबैभन्दा धेरै मानिसको ज्यान गएको यो पहिलो पटक हो।

युद्धविरामको घोषणा पछि प्यालेस्टाइन अथोरिटीका राष्ट्रपति मोहम्मद अब्बासले पहिलो पटक सञ्चारमाध्यममा आफ्नो धारणा राख्दै युद्धविरामलाई पूर्ण रूपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

एक स्रोतका अनुसार पहिलो चरणमा रिहा गरिने भनिएका ३३ बन्दीमध्ये केही विदेशी नागरिक पनि रहेको बताएका छन्। गाजामा बन्दी बनाइएका ८४ व्यक्तिमध्ये दुईवटा देशको नागरिकता लिएका व्यक्तिहरू पनि छन्। यसबाहेक, थाइल्यान्डका ८, नेपालका १ र तान्जानियाका १ नागरिक पनि बन्दीका रूपमा रहेका छन्।

युद्धविराम कार्यान्वयनसँगै मानवीय सहयोगको आपूर्ति र बन्दीहरूको रिहाइको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button