No Image Headlineखबर फटाफटदेश
पर्सामा घरेलु तथा साना उद्योग महासंघका समितिहरु चयन, कोको चुनिए ?

घरेलु तथा साना उद्योग महासंघ पर्सा, वीरगञ्ज महानगर समितिहरु गठन भएका छन् । पर्साको ठोरीमा भएको साधारणसभाले पुरुष र महिलातर्फ बेग्लाबेग्लै जिल्ला समिति चयन गरेको छ ।



नयाँ समितिको अध्यक्षमा हिरालाल साह चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष लक्ष्मणप्रसाद साह, उपाध्यक्ष यशोदा गजुरेल, सचिव मन्दिरा राउत, सहसचिव धनश्याम नायक र कोषाध्यक्षमा रामनगिना कानु चयन भएका छन् । सदस्यमा हरि पराजुली, रविन्द्र सिंह, पार्वती शर्मा र सन्तोषीदेवी खतिवडा छन् ।



त्यसैगरी महिला समितिको जिल्ला अध्यक्षमा राधा हमाल, उपाध्यक्षमा ओमकुमारी, सचिव पिंकी गुप्ता, कोषाध्यक्ष आरती गौरो चुनिएका छन् । सो समितिको सदस्यमा राधिका खवास, सुनिता मानन्धर, भावना गुप्ता, कलावती न्यौपाने र अनिता बस्यौला छन् । त्यस्तै सुनैना मानन्धरको अध्यक्षतामा वीरगञ्ज महानगर समिति चयन भएको छ ।


