अन्तराष्ट्रिय

दक्षिण कोरियामा पुनः राष्ट्रपति गिरफ्तारको प्रयास

दक्षिण कोरियाली अनुसन्धानकर्ता फेरि एक पटक महाअभियोग लागेका राष्ट्रपति योन सुक योललाई गिरफ्तार गर्ने प्रयास गरेका छन्।

अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि उनीहरूको अर्को प्रयास गरेका हुन्। यस अघि महिनाको सुरुवातमा नै उनीहरूको प्रयास असफल भएको थियो।

डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ।

भर्खरै मात्र युनको सुरक्षा निकायका उप प्रमुख किम सुन होङ गिरफ्तार भए। प्रेसिडेन्ट सेक्युरिटी सर्भिस (पिएसएस)ले यस अघि गिरफ्तारीको प्रयास असफल बनाएको थियो। अहिले पनि पिएसएसले राष्ट्रपतिलाई कडा सुरक्षा दिइरहेको छ।

दक्षिण कोरियाको तापक्रम माइनस ६ डिग्री सेल्सियस भए पनि सोलमा यो घटना हेर्न आउनेको भीड घटेको छैन। युनका वकिलले अनुसन्धानकर्तासँग वार्ता जारी नै राखेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button