खबर फटाफटदेश

प्रहरी र सशस्त्र प्रहरी कानुन संशोधन गर्न विधेयक संसद्मा पेस हुने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार गरिएको विधेयक संघीय संसद्मा पेस हुने भएको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुवै विधेयक संसद्मा प्रस्तुत गर्न स्वीकृति दिएको गृहमन्त्री रमेश लेखकको स्वकीय सचिवालयले जानकारी दिएको छ।

गृहमन्त्री लेखकले प्रहरी संगठनलाई समयसापेक्ष रूपमा व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने उद्देश्यले प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनको आवश्यकता रहेको भन्दै यसमा विशेष पहल गर्दै आएका थिए।

प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुन संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि यी विधेयकहरू गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको हो। अब यी विधेयकहरू संसद्मा छलफलका लागि प्रस्तुत गरिने छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button