No Image Headlineअन्तराष्ट्रिय

अमेरिकाको डढेलो: ६ को मृत्यु, २ लाख विस्थापित

अमेरिकाको लस एन्जलस क्षेत्रमा सल्किएको डढेलोले अहिले सम्म ६ जनाको ज्यान लिइसकेको छ भने ५३ सय संरचना ध्वस्त भएका छन्। विज्ञहरूले आगलागीको अवस्था अझ भयावह हुन सक्ने चेतावनी दिएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगलागीका कारण थप हुरी बतास र आगोको मुस्लोले मंगलबारसम्म अवस्था झन् खराब हुने बताइएको छ। डढेलोले लगभग १ लाख ७९ हजार मानिसलाई विस्थापित बनाइसकेको छ।

विज्ञहरूले डढेलोको उत्पत्तिको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्। त्यहाँका अग्नि नियन्त्रक प्रमुख मार्सले आगलागी कुनै व्यक्तिले नियोजित रूपमा गराएको पुष्टि भएमा यसलाई हत्याको रूपमा हेरिने बताएका छन्।

आगलागीको मौका छोपी केही व्यक्तिले घरमा पसेर लुटपाट मच्चाएका छन्। यस क्रममा प्रहरीले २० जनालाई गिरफ्तार गरेको छ।

अल्टाडेना समुदाय डढेलोबाट सबैभन्दा प्रभावित भएको छ। इटनमा १३ हजार ६९० आर्क जमिनमा असर परेको छ। रुखहरू ढल्नुका साथै पातहरूले भूईं छोपिएको छ।

डढेलो नियन्त्रणमा १,५२७ अग्नि नियन्त्रकहरू सक्रिय छन्। नयाँ आगोको लप्का देखा परेपछि लस एन्जलस र भेन्टुराको सिमानाका केही स्थानका बासिन्दालाई अनिवार्य रूपमा अन्यत्र सर्न आदेश दिइएको छ।

अहिलेसम्म ६ जनाको मृत्यु पुष्टि भएको छ। तर, थप क्षति वा मृत्यु भएको भए, जानकारी आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button