
चिसो अत्याधिक बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रमा विद्यालय तीन दिन बिदा गर्न निर्देशन दिएको छ । वीरगञ्जका निजी र सार्वजनिक विद्यालय आज बुधबारदेखि ३ दिन जाडो बिदा दिइएको हो ।
विद्यार्थीहरूलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाउन विद्यालयहरूलाई निर्देशन दिइएको महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिए ।
अहिले दिइएको बिदा वर्षे बिदाबाट कटौती गरिने पनि महानगरले जारी गरेको निर्देशनमा उल्लेख छ ।



