सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ?

केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक यातायात र मालबाहक सवारी साधनको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्य र अन्य सूचकांकका आधारमा भाडा समायोजन गरिएको हो।
यात्रुबाहक सवारी साधनको भाडा औसत ३.३० प्रतिशतले बढाइएको छ। पहाडी मार्गमा चल्ने मालबाहक सवारी साधनको भाडा ०.८३ प्रतिशत र तराईको मार्गमा चल्ने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले वृद्धि भएको छ।
बढेको भाडादर पुस २२ गते, सोमबारदेखि लागू हुने सरकारी सूचनामा उल्लेख छ। इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानेर भाडा समायोजन गरिएको विभागले जनाएको छ।
मुख्य भाडादर:
- काठमाडौं–धनगढी (६८८ किलोमिटर)
- नर्मल बस: रु २०११
- डिलक्स बस: रु २४१३
- सुपर डिलक्स बस: रु २८९५
(अघिल्लो भाडा: रु १९४६)
- काठमाडौं–महेन्द्रनगर (७१५ किलोमिटर)
- नर्मल बस: रु २०२७
- डिलक्स बस: रु २४३२
- सुपर डिलक्स बस: रु २९१९
(अघिल्लो भाडा: रु १९६२)
- काठमाडौं–डडेल्धुरा (७७३ किलोमिटर)
- नर्मल बस: रु २३६९
- डिलक्स बस: रु २८४२
- सुपर डिलक्स बस: रु ३४११
(अघिल्लो भाडा: रु २२९३)
- काठमाडौं–झापा (६१५ किलोमिटर)
- नर्मल बस: रु १८०२
- डिलक्स बस: रु २१६२
- सुपर डिलक्स बस: रु २५९५
(अघिल्लो भाडा: रु १७४४)
विशेष सुविधा भएको सवारीको थप शुल्क
यातायात व्यवस्था विभागले डिलक्स र सुपर डिलक्स बसहरूले तोकिएको भाडामा क्रमशः २० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ। डिलक्स र सुपर डिलक्स सुविधाका लागि प्रमाणित सवारी साधनलाई मात्र यो सुविधा उपलब्ध हुनेछ।
सरकारले गत साउन ३१ मा सार्वजनिक यातायातको भाडा पुनरावलोकन गरेको भए पनि इन्धनको मूल्य वृद्धिसँगै पुनः समायोजन गरिएको हो।



