No Image Headlineखबर फटाफटदेश

पत्रकारको हितमा अग्रसर नेपाल पत्रकार महासंघ पर्सा, केके भए निर्णय

नेपाल पत्रकार महासंघ पर्सा शाखाको दोस्रो बैठकले पर्साका पत्रकारहरुको हित प्रवद्र्धनका अनेक निर्णय गरेको छ ।

शाखाका अध्यक्ष ओमप्रका खनालको अध्यक्षमा बिहीबार भएको बैठकले महासंघको आगामी कार्ययोजनाको लागि शाखाका पूर्वअध्यक्षहरुसँग परामर्श बैठक गर्ने र सो बैठकमा पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका अगुवाहरुलाई सहभागी गराउने निर्णय गरेको छ ।

पत्रकारहरुको सीप र दक्षता अभवृद्धिका लागि पत्रकारिता अध्ययनका लागि विभिन्न शिक्षण संस्थाहरुसँग समझदारी गर्ने, पत्रकारका लागि आवश्यक कानूनी परामर्श, पत्रकारका बालबालिकाहरुको शिक्षा, पत्रकार र तिनका परिवारको स्वाथ्योपचारका लागि सम्बद्ध पक्षसँग सहकार्य गर्ने निर्णय भएको सचिव बिवय चौहानले बताए ।

पत्रकार हितका दीर्घकालीन योजनाअन्तर्गत स्थानीय सरकारहरुसँग सहकार्य र समन्वय गर्ने भएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशसँगको सहकार्यमा पर्सामा पत्रकारितामा एआईको प्रयोगसम्बन्धी तालीम आयोजना गर्ने निर्णय पनि गरेको छ । बैठकमा उपाध्यक्ष निलिमा पौडेल, सचिव चौहान, सहसचिवहरु एसके चौरसिया र अजय चौरसिया, सदस्यहरु अरोहण साह, राहुल गुप्ता, रितेश झा, सुभास राम, र अजित भुजेलको सहभागिता थियो ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button