अन्तराष्ट्रिय
श्रीलंका सरकारी संस्थाहरुमा कसरी भयो साइबर हमला ?

श्रीलंकाका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी केबी मानथुंगाले श्रीलंका प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको बताए ।
श्रीलंकाको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक भएको र यसको डाटा परिवर्तन गरिएको छ ।
श्रीलंका कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम एसएलसीइआरटी तथा प्रहरीले हाल साइबर आक्रमणको अनुसन्धान गरिरहेको उाले थपे ।
एसएलसीइआरटीले गत हप्तासरकारी वेबसाइटहरू आक्रमणको जोखिममा रहेको चेतावनी दिएको थियो ।
यसले साइबर आक्रमणहरू सामना गर्न तथा सरकारी कर्मचारीहरूलाई शिक्षित गर्न साइबर जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।



