No Image Headlineदेशयस्तो पनि

भीम रावलको नजरमा ‘ओली, नेपाल, देउवा प्रचण्ड उस्तै’

तत्कालीन अवस्थामा समेत प्रधानमन्त्री रहेका केपी ओलीले संसद विघटन गर्दा त्यसको विरोधमा उत्रिएका रावल माधव नेपालसँगै थिए। तर, अन्तिम घडीमा रावलले नेपालको साथ छाडे र एमालेमै रहने निधो गरे। ‘यति दुःख गरेको पार्टी छाडेर जान्नँ’ भन्दै उनले एमालेमै रहने निर्णय लिएका थिए।

उनले एमालेलाई माया गरे पनि एमालेले भने त्यसपछि उनलाई आफ्नो ठानेन। खासगरी ओलीले उनलाई पेल्दै गए। चितवन महाधिवेशनमा ओलीलाई नै अध्यक्षमा टक्कर दिएपछि त दुई किनाराजस्तै भए।

अहिले पार्टीबाट निकालामा परेपछि रावल माधव नेपाल र केपी ओली फरक छैनन् भन्ने निष्कर्षमा पुगेका छन्। रावल र ओली मात्र होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा पनि कुनै भिन्नता नरहेको उनको ठम्याइ छ। त्यसैले उनी मौजुदा कुनै पनि शक्तिमा मिसिन नहुने र आफ्नै बुतामा अर्को पार्टी बनाउने निर्णयमा पुगेका छन्।

रावलले हालका राजनीतिक दल र तिनका नेताहरूप्रति बढ्दो असन्तुष्टि र वितृष्णामा केन्द्रित रहेर आफ्नो अभियान सञ्चालन गर्ने भएका छन्।

अहिलेको अवस्थामा कोही पनि सन्तुष्ट छैन,’ उनले निकटस्थहरूलाई भनेका छन्, ‘ढिलोचाँडो यहाँ श्रीलंका वा बंगलादेशको जस्तो अवस्था हुन सक्छ। यहाँ कसैले नसोचेको भयानक अवस्था आउँदै छ। अहिलेकै अवस्थामा जनता चुप लागेर बस्दैनन्। यो अवस्थामा एउटा भरलाग्दो शक्तिले जनभावनाको नेतृत्व गर्नुपर्दछ।’

उनले नयाँ बन्ने पार्टी ‘मास बेस्ड’ हुने जनाउ पनि दिएका छन्। निकटस्थहरूका अनुसार, अहिले विभिन्न दलका असन्तुष्ट नेताहरू उनको सम्पर्कमा पुगेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका केही पूर्वअधिकारीहरूले पनि अभियानमा साथ दिने भनेका छन्।

एमालेबाट ठूलै पंक्ति आफ्नो पक्षमा आउने अपेक्षा पनि रावलले गरेका छन्। केही प्रभावशाली बौद्धिकहरूको जमात, प्रविधिमा अभ्यस्त युवा समूह आदि पनि आफ्नो अभियानमा जोडिन तयार भएको उनको बुझाइ छ।

आज गरिने भनिएको पत्रकार सम्मेलनमा उनले मुख्यतः प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘भण्डाफोर’ गर्ने तयारी गरेका छन्।

‘अहिलेसम्म ओली र उनको समूहले देशको हितविपरीत, सुशासनविपरीत केके काम गरे ? केके बदमासी गरे ? अब देश कता जाँदै छ ? सबै कुरा जनतालाई भन्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उनका एक सहयोगीले बताएका छन् र

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button