
वीरगंज उद्योग वाणिज्य संघले पर्साबाट नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, सदस्यहरुको सम्मान गरेको छ । सङ्घले नेपाल पत्रकार महासङ्घका निर्वाचित पदाधिकारी सदस्यहरुलाई सम्मानित गरेको हो ।
मंसिर २८ गते सम्पन्न निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित भएकाहरुलाई सङ्घमा शुक्रबार कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको हो ।
सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल , वरिष्ठ उपाध्यक्ष हरि गौतम, अर्का उपाध्यक्ष माधव राजपालले नेपाल पत्रकार महासङ्घको सप्पन्न निर्वाचनमा विजय भएका पदाधिकारीलाई सम्मान गरे ।
संघका अध्यक्ष अनिल कुमार अग्रवालले अहिले देशको आर्थिक अवस्था थिचिएको बेला सरकारले निजीक्षेत्रको सुझावलाई समेत समेटेर अघि बढ्नु पर्ने बताए । अहिले उद्योगहरु लोडसेडिङको मारमा परेको भन्दै उनले बेथितिलाई समाचारमार्फत उजागर गरिदिन आग्रह गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले सम्मनप्रति संघलाई धन्यावाद दिए । प्रेस काउन्सिल नेपालका सदस्य एवम् केन्द्रीय परिषद सदस्य लालबाबु शेखले सञ्चारकर्मी र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याए ।
महासंघका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनालले पत्रकारहरुले निजीक्षेत्रसँग खबरदारी सहितको सहकार्य गर्ने बताए । निजीक्षेत्र र पत्रकारबीच संस्थागत सहकार्य हुनुपर्ने भन्दै सबैले समाजको सकारात्मक रुपान्तरणको लागि प्रयास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको सम्पन्न निर्वाचनमा निर्वाचित केन्द्रिय पार्षद बिजय कुशवाहा, राघव साह , मधेस प्रदेश सचिव दिपक गौतम , प्रदेश पार्षद शिव शंकर साह , पर्सा शाखा उपाध्यक्ष निलिमा पौडेल, सहसचिव एस के चौरसिया , सहसचिव अजय चौरसिया, सदस्यहरु राहुल गुप्ता , प्रमोद यादव, बलिराम शुक्ला, प्रकाश तिवारीलगायत सदस्यलाई सम्मान गरिएको हो ।



