No Image Headlineअन्तराष्ट्रिययस्तो पनि

पार्कर सोलर प्रोब : सूर्यको नजिक पुगेर इतिहास रच्ने नासाको अन्तरिक्षयान

अमेरिकी अन्तरिक्ष निकाय नासा अन्तर्गतको अन्तरिक्षयान ‘पार्कर सोलर प्रोब’ले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ। यसले सूर्यको सतहबाट मात्र ६१ लाख किलोमिटरको दूरीमा यात्रा गर्दै नयाँ कीर्तिमान बनाएको हो।

केही दिनसम्म सम्पर्क विच्छेद भए पनि बिहीबार मध्यरातअघि वैज्ञानिकहरूले यानबाट सङ्केत प्राप्त गरेका थिए। उक्त सङ्केतले ‘पार्कर सोलर प्रोब’ सुरक्षित रहेको र सामान्य रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ।

अत्यधिक तापक्रम र विकिरणको सामना

सूर्यको चरम तापक्रम र विकिरणको सामना गर्दै अगाडि बढेको यो यानले सूर्यको बाह्य मण्डलमा प्रवेश गरेको छ। यस क्रममा यानले ९८० डिग्री सेल्सियससम्मको तापक्रम सहँदै ६,९२,००० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गरेको नासाले जनाएको छ।

वैज्ञानिकहरूका अनुसार यो अध्ययनले सूर्यको कार्यप्रणालीबारे हाम्रो बुझाइलाई थप गहिराइ दिन्छ। सूर्यको क्षेत्रको पदार्थ लाखौँ डिग्री सेल्सियसमा किन तातो हुन्छ र सौर्य आँधीको उत्पत्तिबारे जानकारी प्राप्त गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

वैज्ञानिक दृष्टिकोण

‘पार्कर सोलर प्रोब’ले कसरी ऊर्जायुक्त कणहरू प्रकाशको गतिमा झन्डै द्रुत गतिमा सञ्चालित हुन्छन् भन्ने अध्ययनमा समेत सहयोग गर्ने विश्वास गरिएको छ। यस अभियानलाई नासाले सूर्यको अध्ययनको इतिहासमा ‘युगान्तकारी कदम’को रूपमा चित्रण गरेको छ।

नासाका अनुसार सूर्यबारे गहिरो अध्ययन गर्नका लागि यस्ता उडान अत्यावश्यक छन्। नासाको विज्ञान विभागकी प्रमुख निकोला फक्सले भनिन्, “सूर्यको निश्चित भाग कस्तो छ भन्ने थाहा पाउन त्यहाँ प्रत्यक्ष पुग्नु जरुरी छ। मानिसहरूले सयौँ वर्षदेखि सूर्यबारे अध्ययन गर्दै आएका छन्, तर प्रत्यक्ष अनुभव बिना थाहा पाउन गाह्रो हुन्छ।”

यो अध्ययनले वैज्ञानिकहरूलाई सौर्य आँधी र ऊर्जाको वितरणबारे नयाँ तथ्य उजागर गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button