नेपाल पत्रकार महासंघ पर्साले बुझायो वीरगञ्ज महानगरलाई ज्ञापनपत्र, लोककल्याणकारी विज्ञापनमा भेदभाव नगर्न आग्रह

नेपाल पत्रकार महासंघ पर्साले लोककल्याणकारी विज्ञापन वितरणमा सञ्चारमाध्यमहरुलाई भेदभाव नगर्न वीरगञ्ज महानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । महानगरले स्थानीय साप्ताहितक तथा पाक्षिक पत्रपत्रिकालाई लोककल्याकारी विज्ञापन रोकेको र अन्यको भुक्तानीमा अनपेक्षित ढिलाई गरेको भन्दै आज महानगरका प्रमुख प्रशाकीय अधिकृत अरबिन्दलाल कर्णलाई ज्ञापन बुझाएको हो ।
बिगत केही समय देखि वीरगन्ज महानगरपालिकाले रोकिराखेको लोककल्याणकारी बिज्ञापनको भुक्तानीको माग गर्दै आज नेपाल पत्रकार महासंघ पर्साको पदाधिकारीले पत्र बुझाएका हुन । त्यस्तै सप्ताहिक पत्रिकालाई लोककल्याणकारी बिज्ञापनबाट वीरगन्ज महानगरपालिकाले वन्चित गरेको कारण स्थानीय पत्रपत्रिका समस्या परेको बताइएको छ । सप्ताहिक पत्रपत्रिका लाई पनि लोककल्याणकारी बिज्ञापन समावेश गराउनु पर्ने माग गरिएको छ ।
वीरगन्ज महानगपालिका आमसंचार सम्बन्धि कानुन ल्याउने नेपाल मै पहिलो पालिका भए पनि यसको कार्यन्वयमा उदासीनता देखिनु संदेहको विषय बनेको बताइएको छ । त्यस्तै अहिले देखिएको आर्थिक शिथिलताको मारमा आमसन्चार माध्यमहरु परेको अवस्थामा वीरगन्ज महानगरपालिका ले दिदै आएको सहुलियत समेत रोक्का भएपछि थप संकट निम्तिएको महासंघले जनाएको छ ।
जेष्ठ पत्रकारहरुको लागि वीरगन्ज महागनगरपालिकाले स्वयमले विनियोजन गरेको बजेट कार्यन्वयनमा समेत बिलम्ब भइरहेकोले यस्लालाई छिटो टुङगाउनुपर्ने माग गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष निलिमा पौडेल , सचिव बिजय चौहान, सदस्य राहुल गुप्ता ,अजित भुजेलको उपस्थिति रहेको थियो ।



