पत्रकार महासङ्घलाई सञ्चारकर्मी र सञ्चारमाध्यमको हितमा केन्द्रित गर्छु : अध्यक्ष खनाल

नेपाल पत्रकार महासङ्घ, पर्साका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश खनालले पत्रकार महासङ्घलाई सञ्चारकर्मी र सञ्चारमाध्यमको हितमा केन्द्रित गर्ने बताएका छन् ।
वर्तमान कार्य समितिप्रति पत्रकारमात्र नभएर नागरिक समाजका समेत धेरै अपेक्षा भएकाले नवनिर्वाचित समितिलाई कुनै पनि बाहानामा काम नगर्ने छूट नभएको बताए । उनले राजनीतिक आस्था र आग्रहभन्दा माथि उठेर काम गर्न निर्वाचित पदाधिकारी र सदस्यहरुलाई आग्रह पनि गरे ।
उनले पत्रकार महासङ्घ सबै पत्रकारको साझा सङ्गठन भएकोले महासङ्घको विधान अनुसार सबैलाई समानरूपमा हेर्ने बताए । शाखाको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी, सदस्य, प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यलाई बुधवार प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रमुख निर्वाचन अधिकृत शत्रुघ्न नेपाल, निर्वाचन अधिकृत हरेराम सर्राफ र केन्द्रीय पर्यवेक्षक दीपन्द्र चौहानले माला पहि¥याएर प्रमाणपत्र वितरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ, पर्साको गत मङ्सिर २८ गते सम्पन्न निर्वाचनबाट अध्यक्ष्ँमा खनाल, उपाध्यक्ष भूषण यादव, नीलिमा पौडेल, सचिव विजय चौहान, सहसचिव एसके चौरसिया, अजय चौरसिया र कोषाध्यक्ष्ँ सञ्जीव मिश्रसमेत १८ जना कार्यसमिति सदस्य, पाँचजना केन्द्रीय परिषद् सदस्य र सातजना प्रदेश परिषद् सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय पर्यवेक्षक दीपेन्द्र चौहान, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, प्रेस काउन्सिलका सदस्य लालबाबू शेख, निर्वाचन अधिकृत हरेराम सर्राफले नवनिर्वाचित पदाधिकारी, सदस्यहरू, प्रदेश र केन्द्रीय परिषद् सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राजेन्द्र सिंहले गरेका थिए ।
कार्य समितिको पहिलो बैठकले निर्वाचन सम्पन्न गराउन सहयोग पुर्याउने निर्वाचन समिति, संघ, संगठन, पत्रकार महासंघका सदस्य, सुररक्षाकर्मीलगायतलाई धन्यवाद ज्ञापन, खाता सञ्चालनलगायतका निर्णय गरेको छ । महासंघले पर्साका पत्रकार सरोज खड्का र हिमाल शर्माको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।



