No Image Headlineअर्थखबर फटाफट

पर्यटकलाई दुःख दिने प्रहरीमाथि कारवाही गर्ने मधेस प्रदेश प्रहरी प्रमुखको चेतावनी

मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यले बद्नियतपूर्वक पर्यटकलाई दुःख दिने प्रहरीमाथि तत्काल कारवाही गर्ने चेतावनी दिएका छन्।

वीरगञ्जमा आयोजित ‘पर्यटन सुरक्षामा पर्यटक प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रहरीलाई पर्यटनमैत्री बन्न र पर्यटकलाई सहज वातावरण सिर्जना गर्न निर्देशन दिए।

कार्यक्रममा सीमावर्ती नाकामा भारतीय पर्यटक चढेका गाडी रोकेर अनावश्यक हैरानी दिने गरेको गुनासो उठेपछि डिआइजी आचार्यले कुनै पनि पर्यटकलाई दुःख दिने कार्य स्वीकार्य नहुने बताए। उनले भने, “कहीँ कसैले भारतीय पर्यटकका सवारी साधनलाई गलत नियतले दुःख दिएको भेटिए तुरुन्तै कारवाही हुन्छ।”

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवसायीहरूले पर्यटन क्षेत्रका विभिन्न समस्याबारे जानकारी गराउँदै समाधानका लागि आग्रह गरेका थिए। डिआइजी आचार्यले होटल तथा पर्यटन व्यवसायलाई सहयोग पुग्ने गरी प्रहरी परिचालनलाई प्रभावकारी बनाउन निर्देशन दिए।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले सीमावर्ती क्षेत्रका सुरक्षा व्यवस्थामा सुधार गर्दै पर्यटकलाई सहज महसुस हुने वातावरण सिर्जना गर्न जोड दिएका थिए।

अध्यक्ष पन्तले समग्र होटल तथा पर्यटन ब्यबसाय क्षेत्रका आम समस्याहरु माथि प्रकाश पार्दै समाधानका लागि विभिन्न उपायहरु समेत सुझाएका थिए ।

उनले विशेष गरि प्रहरीहरु लाई होटल ब्यबसायी हरु माथी अभद्र व्यबहार नगर्न प्रहरीको माथिल्लो निकायबाटै निर्देशन दिनु पर्नेमा जोड दिएका थिए ।

पर्यटक प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रनानी प्रराज चौलागाईंले सहजीकरण गरेका उक्त कार्यक्रममा ठोरी गाउँ पालिका प्रमुख लाल बहादुर श्रेष्ठ ,पर्सा राष्ट्रिय निकुन्जका प्रमुख रामचन्द्र खतिवडा, ओम प्रकाश शरार्फ ,वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाललगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा हान मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष मोहन प्रधान, होटल ब्यबसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष बिध्यालाल प्रसाद साह, होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधब बस्नेत सचिव सन्दीप बस्नेत, होटल व्यावसायि महासङ्ह नेपालका केन्द्रिय सदस्य हिरा श्रेष्ठलगायतको उपस्तिथि थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button