
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बचत अपचलन आरोपमा बयानका लागि वीरगञ्ज ल्याइएको छ। वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित मुद्दामा पर्सा जिल्ला प्रहरी कार्यालयको आग्रहमा अदालतले लामिछानेको पक्राउ अनुमति दिएको थियो।
जिल्ला सरकारी वकिलको उपस्थितिमा लामिछानेलाई बयानका लागि पर्सा जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो। बयान सकिएपछि उनलाई पोखरा फर्काइने प्रहरी स्रोतले जानकारी दिएको छ।
यसैबीच, लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता तथा कार्यकर्ताहरूले वीरगञ्जमा प्रदर्शन गरेका छन्। रास्वपा पर्साका संयोजक हरि पन्तको नेतृत्वमा सयौँ कार्यकर्ताहरूले नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीहरूले लामिछानेमाथि राजनीतिक पूर्वाग्रहका कारण कानुनी कारबाही गरिएको आरोप लगाएका छन्।
प्रहरीले भने घटनाको निष्पक्ष अनुसन्धान भइरहेको बताएको छ।



