No Image Headlineअर्थ
वाइडबडीमा १ अर्ब ४७ करोड १० लाख भ्रष्टाचार भएको ठहर, कोको परे कारवाहीमा ?

विशेष अदालतले नेपाल वायुसेवा निगमका लागि दुईवटा ठूला (वाइडबडी) जहाज खरिदमा १ अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। फैसलामा अदालतले जहाज खरिद प्रक्रियामा अनियमितता भएको ठहर गरेको हो।
अदालतले तत्कालीन निगमका महाप्रबन्धक सुगनरत्न कंसाकार, निगमका तत्कालीन अध्यक्ष तथा पर्यटन सचिव शंकरप्रसाद अधिकारी, पूर्व अर्थसचिव शिशिर ढुंगाना, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको छ। साथै, अदालतले चारजना विदेशी कम्पनीका प्रतिनिधिहरूलाई पनि दोषी ठहर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा जहाज खरिदमा भ्रष्टाचारको आरोप लगाउँदै कांग्रेस नेता तथा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तर, अदालतले कांग्रेस नेता शाहीलाई भने सफाइ दिएको छ।



