उपचुनावखबर फटाफटदेश

स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम, कसलाई कति ?

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । निर्वाचन आयोगले सोमबार मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो ।

आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो भने त्यसअघि नै ३ पदमा उम्मेदवारहरू सर्वसम्मत भएका थिए । जसमा दुई जना जिल्ला समन्वय समितिका प्रमुख रहेका छन् भने एक जना वडाध्यक्ष रहेका छन् । यससँगै उपनिर्वाचन प्रक्रियाबाट ४४ वटै रिक्त पदको टुंगो लागेको हो ।

आयोगका अनुसार नेपाली कांग्रेसले एक नगरपालिकाको मेयर र १६ वडामा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले एक गाउँपालिकाको अध्यक्ष, दुई गाउँपालिकाको उपाध्यक्ष एक नगरपालिकाको उपमेयर र ७ वटा वडा ९सर्वसम्मतसहित० मा जित हात पारेको छ । यस्तै नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा विजय हासिल गरेको आयोगले जनाएको छ ।

यस्तै जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजयी हासिल गरेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button