केपी ओलीखबर फटाफटदेशमुख्य खबर

प्रधानमन्त्रीको चीन भ्रमण: डाके मन्त्रिपरिषद् बैठक, भ्रमण दलमा कोको छन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीका लागि आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बेलुकी ५ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ।

बैठकमा सोमबार सुरू हुने चीन भ्रमणका एजेन्डामाथि छलफल गरी अन्तिम रूप दिने तयारी छ। विशेष रूपमा चीनसँग हुन गइरहेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता मुख्य छलफलको विषय हुने बताइएको छ।

प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नेछन्। टोलीमा मन्त्रीसहित ३९ जना सरकारी अधिकारी र निजी क्षेत्रका ४८ जना प्रतिनिधि सहभागी हुनेछन्। भ्रमणका लागि हिमालयन एयरलाइन्सको जहाजमार्फत प्रधानमन्त्री बेइजिङ जाने कार्यक्रम रहेको छ।

चार दिने यो औपचारिक भ्रमणका क्रममा मंसिर १८ गते प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता तय भएको छ। भ्रमणपछि मंसिर २० गते प्रधानमन्त्रीको टोली स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button