खबर फटाफटदेश

आज बाला चतुर्दशी: पितृमोक्षका लागि विशेष मानिने दिन, देशभर तीर्थालुको भीड

आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी, पितृमोक्षका लागि विशेष महत्व राख्ने दिनका रूपमा मनाइँदैछ। यस दिनलाई दिवंगत पितृहरूको आत्माको शान्ति र मोक्ष प्राप्तिका लागि महत्वपूर्ण मानिन्छ।

नेपाल तथा भारतका विभिन्न शक्तिपीठ र त्रिवेणीधाममा बिहानैदेखि तिर्थालुहरूको भीड लागेको छ। तिर्थालुहरूले पवित्र नदी किनारमा ‘शतबीज’ छर्दै दिवंगत आत्माहरूको उद्धारका लागि प्रार्थना गरिरहेका छन्। शतबीजमा धान, गहुँ, मास, मुगी, कागुन, सामा लगायतका सप्तधाना र विभिन्न प्रकारका फूलहरू समावेश हुन्छन्।

पशुपतिनाथ मन्दिरलगायत काठमाडौंका विभिन्न शक्तिपीठहरूमा बिहीबार साँझदेखि नै भक्तजनहरूले दीप बालेर जाग्राम बसेका थिए। आज बिहानैदेखि तिर्थालुहरूले शतबीज छर्दै विशेष पूजा आराधना गरेका छन्।

यस अवसरमा पशुपतिनाथ मन्दिर परिसर र त्रिवेणीधाममा विशेष धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको छ। श्रद्धालुहरू पितृको शान्ति र परिवारको कल्याणका लागि आ-आफ्ना ठाउँबाट शतबीज छर्न पुगेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button