No Image Headlineदेश

कोप २९ सम्मेलन: विकासोन्मुख राष्ट्रलाई ३०० अर्ब डलर सहयोगको प्रतिबद्धता

अजरबैजानको बाकुमा सम्पन्न संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन कोप २९ ले जलवायु परिवर्तनका असरबाट जुध्न विकासोन्मुख र कमजोर देशहरूलाई ३०० अर्ब अमेरिकी डलर सहयोग गर्ने सहमति गरेको छ।

शनिबार साँझ सम्मेलनको अन्तिम समयमा गरिएको यस निर्णयले विकासोन्मुख देशहरूलाई जलवायु परिवर्तनका चुनौतीहरूसँग जुध्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ। सहयोग रकम सरकारी अनुदानका साथै निजी क्षेत्र, बैङ्क र अन्य निकायबाट जुटाउन सकिने सम्भावना प्रबल रहेको जनाइएको छ।

११ नोभेम्बरदेखि सुरु भएको दुई साता लामो सम्मेलनले जलवायु परिवर्तनका विषयमा धनी र गरिब देशहरूबीच सहकार्यको सन्देश दिएको छ। तथापि, विकसित देशहरूले आफैँ पनि जलवायु समस्याबाट जुधिरहेका बेला यस सहयोगको प्रभावकारिताप्रति केही शङ्का उत्पन्न भएका छन्।

सम्मेलन जीवाश्म इन्धनको प्रयोग र त्यसले निम्त्याएको समस्याका विषयमा केन्द्रित रह्यो। बहिष्कार र विवादले सम्मेलनको सञ्चालनमा अवरोध पुर्‍याए पनि अन्ततः करिब २०० देशहरूले सहमति जुटाएका छन्। विवादकै कारण निर्धारित समयभन्दा ३० घण्टा ढिलो सम्पन्न भएको सम्मेलनले जलवायु परिवर्तनको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको छ।

कोप २९ बाट गरिएका प्रतिबद्धताहरू विकासोन्मुख राष्ट्रहरूको जलवायु सङ्घर्षमा महत्वपूर्ण सहयोगी सावित हुने अपेक्षा गरिएको छ। अब यी प्रतिबद्धताहरू व्यवहारमा कसरी लागू गरिन्छ भन्ने चुनौती बाँकी छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button