खबर फटाफटदेश

वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

भक्तपुरको सडक डिभिजन कार्यालयले वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जानकारी गराएको छ। कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै धुलिखेलदेखि वर्षे खोलासम्मका विभिन्न सडक खण्डमा डाइभर्सन मर्मत भइरहेकोले राजमार्ग सात घण्टाका लागि अवरुद्ध हुने जनाएको हो।

चौकीडाँडा, नार्के बजार, कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तिखोलासम्मका क्षेत्रमा डाइभर्सन मर्मत भइरहेको बताइएको छ। त्यस्तै, भकुण्डेवेशीदेखि नेपालथोकसम्म पनि सडक बन्द रहने जानकारी दिइएको छ।

सडक डिभिजन कार्यालयले अर्को सूचना जारी नभएसम्म रातिको समयमा गाडी सञ्चालन नगर्न सबैलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button