देश

पर्सामा प्रतिबन्धित गाँजा खेती फडानी सुरु

पर्सा जिल्लाको जिराभवानि गाउँपालिका–३ सहजानपुरस्थित खेतबारीमा लगाइएको प्रतिबन्धित लागुऔषध गाँजाको बिरुवा फडानी सुरु गरिएको छ।

बिओपी महादेवपट्टीका सप्रसनि नरेन्द्रबहादुर विष्टको नेतृत्वमा १३ जना सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय सेढ्वाका प्रहरी निरीक्षक राजाराम यादवको नेतृत्वमा ४ जना गरी १७ जनाको संयुक्त टोलीले गाँजाको खेती फडानी कार्य थालेको हो।

सहजानपुर क्षेत्रका खेतबारीमा अवैध रुपमा लगाइएका गाँजाका बिरुवाहरूलाई कानुनी प्रक्रिया अनुसार नष्ट गर्न अभियान सञ्चालन गरिएको सुरक्षाकर्मीहरूले जनाएका छन्।

प्रहरीको यस कदमले गाँजाको अवैध खेती र तस्करी नियन्त्रणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय जनतालाई गाँजाजस्ता प्रतिबन्धित लागुऔषधको खेती नगर्न चेतावनी दिइएको छ।

सुरक्षा अधिकारीहरूले यस्तो अवैध क्रियाकलाप रोक्न जनसहभागिताको आवश्यकतामा पनि जोड दिएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button