खबर फटाफटदेश

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिकातर्फ गइरहेको लु १ ज ४५७९ नम्बरको जिप आज परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा दुर्घटना भई सडकबाट करिब ३० मिटर तल खसेको हो।

दुर्घटनामा दुई महिलाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ।

गम्भीर घाइते चार जनालाई उपचारका लागि धनगढी पठाइएको छ भने मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button