No Image Headlineदृष्टि/संवादमुख्य खबर

मधेशमा गति लिँदै स्टार्टअप इकोसिस्टम, उद्यमशीलताको क्षेत्रमा अवसरको पहिचान

डा. वासुदेव लाल कर्ण

हालै देशकै आर्थिक नगरी वीरगञ्जमा स्टार्टअप र उद्यमी सम्मेलन २०२४ सम्पन्न भयो । त्यो ऐतिहासिक कार्यक्रमलाई सफल बनाउने भूमिकामा आफूलाई पनि सहभागी हुने अवसर प्राप्त भएकोमा गौरव महसुस भइरहेको छ । त्यो कार्यक्रममा सहसमन्वयको भूमिकामा रहनुका कारण सम्मेलनलाई सफल बनाउन प्रतिबद्धता र सामूहिक कार्यको अनुभव गरेको छु । सम्मेलनले मधेश प्रदेशका भविष्यका व्यावसायिक नेतृत्वहरुका लागि महत्वपूर्ण योगदान पुगेकोमा विश्वस्त छु ।

स्टार्टअप र उद्यमी सम्मेलन, मधेशले संलग्न सबैलाई सम्मेलनको रुपमा मात्र नभई सिक्ने अवसरका रुपमा पनि अवसर प्रदान गरेको छ। यसले व्यवसायीहरुलाई सशक्त बनाउनुको साथसाथै आयोजक, साझेदार र अभियन्ताहरुलाई महत्त्वपूर्ण पाठ सिकाएको छ। यो सम्मेलनले पक्कै पनि दीर्घकालीन प्रभाव पार्नेमा म विश्वस्त छु । सम्मेलनले आउँदा दिनहरुमा सिर्जना गर्ने रचनात्मक विचार र सामूहिक कार्यका लागि उत्साहित छु।

स्टार्टअप र नवप्रवर्तनबारे बढ्‌दो जागरुकता यसको मूल उद्देश्य हो । यस्ता कार्यक्रमले मधेश प्रदेशका नागरिकहरूमा स्टार्टअप र नवप्रवर्तनको महत्त्वबारे स्पष्ट जानकारी र रुचि बढ्‌दै जानेछ। यसले नयाँ व्यवसायीहरुलाई उद्यमशीलताको क्षेत्रमा अवसरहरु पहिचान गर्न प्रेरित गर्नेछ ।

स्टार्टअप के हो र यसको व्यावसायिक सम्भावनाहरू के हुन् भन्ने कुरामा धेरै हदसम्म स्पष्टता प्रदान गरेको छ । यसले नयाँ उद्यमीहरुलाई आफ्नो व्यापारको सीमा र लक्ष्य निर्धारण गर्न सहयोग पुर्‍याएको छ ।

मधेश प्रदेशमा स्टार्टअपका प्रमुख क्षेत्रहरुको पहिचान गर्न सहयोग पुगेको छ । प्रदेशभित्रका उद्यमशीलता विकासका सम्भावित क्षेत्रहरू पहिचान गर्नमा सम्मेलन एउटा कोशेढुंगा बनेकोमा कुनै आशंका छैन । यसले प्रदेशभित्रका विशिष्ट उद्योग र स्टार्टअपहरुलाई अघि बढ्न सहयोग पुर्‍याएको छ ।

सरकारको स्टार्टअप उद्यम कर्जा कार्यक्रमबारे सुसूचितता प्रदान गरी स्थानीय स्टार्टअपहरुलाई सरकारी स्टार्टअप उद्यम कर्जा कार्यक्रम र यसका लागि वित्तीय सहायता प्राप्त गर्ने मौका प्रदान गरेको छ । मधेश प्रदेशका विद्यमान स्टार्टअपहरुको सफलताको कथा प्रेरणादायी बनाउन प्रदेशका सफल स्टार्टअपहरुको कथा सुनाइएको थियो । जसले अन्य उद्यमीहरुलाई प्रेरित गरेको छ । यसले स्थानीय व्यवसायीहरुलाई आफ्नो व्यापारिक योजना सुधार गर्न र नवप्रवर्तनको सम्भावनामा काम गर्न अवश्य पनि प्रेरणा प्रदान गरेको छ।

उद्यमशीलताको सञ्जाल विस्तार र सहकार्यका अवसरहरुको सिर्जना भएको छ । उद्यमीहरू बीचमा सञ्जाल विस्तार र सहकार्यका लागि नयाँ अवसरहरु सिर्जना भएका छन् । यसले व्यवसायीहरुलाई अनुभव आदानप्रदान गर्न र नयाँ साझेदारीहरु स्थापना गर्न सहयोग पुग्ने आधार निर्माण भएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button