खबर फटाफटदेश

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको आज बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button