मुग्लिङ–पोखरा सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने, कहिलेदेखि हुन्छ बन्द ?

मुग्लिङ–पोखरा सडकखण्ड मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दैनिक साढे ४ घण्टा बन्द रहनेछ। तनहुँ प्रहरीले जनाएअनुसार छिर्कनदेखि देउरालीसम्मको सडक खण्डमा निर्माण कार्यको गति बढाउन यो निर्णय गरिएको हो।
निर्माण कार्यका कारण राति ११ बजेदेखि बिहान १ बजेसम्म र पुनः बिहान १:३० बजेदेखि ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिनेछ। यस अवधिमा ठूला निर्माण कार्य, ढुंगा र माटो कटान, सडक विस्तार तथा पर्खाल निर्माणजस्ता कामहरू गरिनेछ।
प्रहरीका अनुसार निर्माण कार्यलाई प्रभावकारी बनाउन सडकमा आवागमन पूर्णरूपमा रोक लगाउनुपर्ने भएको हो। बन्दको समयमा यात्रा गर्ने सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ, भने आकस्मिक स्वास्थ्य सेवा, एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई पास गराइने व्यवस्था गरिएको छ।
प्रहरीले यात्रा तयारी गरिरहेका यात्रुहरूलाई निर्धारित समय अनुसार यात्रामा जाने र बन्द समयमा सडक क्षेत्रमा नरोकिन आग्रह गरेको छ।



