वीरगञ्ज महानगरपालिकाले वीरगञ्जका १० हजार किशोरीलाई आत्मारक्षा तालिम दिने भएको छ । तालिमको तयारीका लागि १८ वटा उपसमिति गठन गरिएको महानगरले जनाएको छ ।
महानगरले नेपाल भारत सहयोग मञ्चको समन्वयमा सो तालिम आयोजना गर्न लागेको हो । आउँदो मंसिर २८ गते स्थानीय आदर्शनगर रंगशालामा सञ्चालन हुने तालिमका प्रशिक्षकमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक चिता राजनेश शेट्टी रहेको नगरप्रमुख राजेशमान सिंहले बताए ।
तामिल तयारीका लागि सोबार महानगरमा सम्पन्न बैठकले सुरक्षा व्यवस्थापन समिति, खानेपानी, स्वास्थ्य, सरसफाई, संघसंस्था परिचालन, कर्मचारी परिचालन, आर्थिक व्यवस्थापन, खाजा, विद्युत, सञ्चार, मञ्च, बस, अतिथि व्यवस्थापन, प्रचारप्रसारसहितका उपसमिति गठन गरेको हो ।