No Image Headlineखबर फटाफटदेश

मासु प्रसाद खाएर बिरामी हुनेको संख्या ३५ पुग्यो

अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुगेको छ। सन्धिखर्क नगरपालिका-१, तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा गरेका थिए।

प्रसादको रूपमा मासु सेवन गरेपछि बिरामी पर्नेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्। सोमबार बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका थिए।

अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो र शरीर दुख्ने लक्षण देखिएका छन्। सबै बिरामीको अवस्था सामान्य रहेको उनले बताएका छन्।

आइतबार रातिदेखि बिरामी भएका व्यक्तिहरू सोमबार दिउँसो अर्घाखाँची अस्पताल पुगेका थिए। डा. तिवारीले फुड प्वाइजनका कारण बिरामी भएको जनाएका छन्।

हाल ३४ जनाको उपचार अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भइरहेको छ भने एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए। दुई जना उपचारपछि निको भई घर फर्किएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button