खबर फटाफटदेश

थुनामा रहेका व्यक्ति बाथरुममा मृत फेला

चितवनको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

आपराधिक लाभ कसुर मुद्दामा कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा आज बिहान मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार, बाथरुमको ढोकामा घोप्टो परेर अचेत अवस्थामा भेटिएका क्यामोदिनलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइए पनि बिहान ६ बजे मृत घोषणा गरिएको थियो। शव परीक्षणका लागि उनको शव भरतपुर अस्पतालमा राखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button